सूर्या लाइफको बीमा कोषको आकार ९ अर्ब माथि, खुद बीमाशुल्क ७७.८५% ले बढ्यो

0
Shares

सूर्या लाइफ इन्स्योरेन्स (SLICL) को बीमाकोषको आकार ९ अर्ब माथि पुगेको छ ।

गत आवको यसै अवधिको तुलनामा कम्पनीको बीमा कोषको आकार ४९.४५ प्रतिशतले बढेर चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्ममा कम्पनीको बीमा कोषमा ९ अर्ब २८ करोड ८१ लाख रुपैयाँ सञ्चित भएको छ । यस्तै, महाविपत्ति कोष ९ करोड ८२ लाखबाट १२ करोड ४९ लाख रुपैयाँ पुगेको छ ।

यसैगरी कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७७.८५ प्रतिशतले खुद बीमाशुल्क संकलन बढाएको छ । पुससम्ममा कम्पनीले २ अर्ब २८ करोड ८४ लाख ५३ हजार रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले १ अर्ब २८ करोड ६६ लाख ९८ हजार रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो ।

पुस मसान्तसम्ममा सूर्या लाइफले २० करोड १२ लाख ७२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा १५ करोड १९ लाख ७४ हजार रुपैयाँ नाफा आर्जन गरेको कम्पनीले ४ करोड ९२ लाख ९८ हजार रुपैयाँ अर्थात ३२.४४ प्रतिशतले नाफा बढाएको हो ।

चुक्ता पूँजी २ अर्ब १५ करोड ५१ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १८.६८ रुपैयाँ छ । जगेडा कोषमा ७२ करोड रुपैयाँ सञ्चित रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १२८.२५ रुपैयाँ छ ।

पुस मसान्तसम्मा कम्पनीले २ अर्ब २९ करोड ९५ लाख रुपैयाँ अल्पकालीन कर्जा लगानी गरेको छ । कम्पनीले लगानी, कर्जा तथा अन्य आयबाट ३७ करोड ४९ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन समीक्षा अवधिको तुलनामा ३०.९९ प्रतिशतले बढी हो । यस्तै, कम्पनीले बीमालेख धितोमा कर्जा ४ करोड ४८ लाख रुपैयाँ आम्दानी गरेको छ ।

यस अवधिमा सूर्या लाइफले अभिकर्ता कमिशन वापत २५ करोड ८२ लाख रुपैयाँ खर्चेको छ । गत वर्षको यसै अवधिमा कम्पनीले अभिकर्ता कमिशन वापत १६ करोड ३६ लाख रुपैयाँ खर्चेको थियो ।

चालु आवको ६ महिना अवधिमा कम्पनीले २ करोड ३२ करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, कम्पनीले हालसम्म ३ लाख २६ हजार ४९६ वटा बीमालेख जारी गरेको छ ।

कम्पनीले ३ हजार ५४५ वटा दाबी वापत ३९ करोड २६ लाख ४ हजार रुपैयाँ दावी भुक्तानी गरेको छ । कम्पनीले १४९ वटा बीमा दावी वापत १ करोड ६५ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।