स्वाभिमान लघुवित्तको लाभांश पाउन बिहीबारसम्म शेयरधनी बन्नुपर्ने

स्वाभिमान लघुवित्तको लाभांश पाउन बिहीबारसम्म शेयरधनी बन्नुपर्ने

स्वाभिमान लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्न प्रस्ताव गरेको लाभांश पाउन आज (माघ २९ गते बिहीबार) सम्म शेयरधनी बन्नुपर्ने छ ।

लघुवित्तले फागुन १३ गते बिहीबार डाकेको चौंथो वार्षिक साधारण सभाका लागि शुक्रबार बुकक्लोज गर्दैछ । बुकक्लोजको अघिल्लो दिनसम्म कायम शेयरधनीले मात्र लाभांश पाउने भएकाले लाभांश खाने लगानीकर्ताले आजसम्म शेयर किनेर शेयरधनी भैसकेको हुनुपर्छ भने लाभांश नखाने लगानीकर्ताले शेयर बिक्री गरी बाहिरिन पनि सक्नेछन् ।

स्वाभिमान लघुवित्तको माघ २० गते बसेको सञ्चालक समितिको ५० औं बैठकले फागुन १३ गते बिहीबार सभा डाकेको हो । सभा अपरान्ह ३ बजे डार्सिज इन्टरनेशनल होटल, बुटवल रुपन्देहीमा सञ्चालन गरिने लघुवित्तले जनाएको छ ।

लघुवित्तले आ.व. २०७६/०७७ को नाफाबाट २० प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ माघ २०७७, बिहीबार ०९ : २९ बजे