शिखर इन्स्योरेन्सको खुद नाफा १२% ले बढ्यो

0
Shares

शिखर इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रोे त्रैमाससम्ममा खुद नाफा र खुद बीमा शुल्क संकलनमा सामान्य सुधार आएको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

इन्स्योरेन्सले पुस मसान्तसम्म ७४ करोड ४५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । इन्स्योरेन्सको खुद बीमाशुल्क गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.६१ प्रतिशतले बढी हो ।

गत आवको सोही अवधिमा कम्पनीले ७२ करोड ५६ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

खुद बीमा शुल्कमा सामान्य सुधार आएसँगै कम्पनीको खुद नाफा समेत ११.७३ प्रतिशतले बढेको छ ।

यस अवधिसम्ममा कम्पनीले २४ करोड १४ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिको तुलनामा गत आवको पुस मसान्तसम्ममा इन्स्योरेन्सले २१ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

सो अवधिसम्ममा इन्स्योरेन्सले पुनर्बीमा कमिशनबापत २८ करोड ७५ लाख रुपैयाँ आम्दानी गरेको छ भने लगानी कर्जा तथा अन्यबाट ११ करोड ४१ लाख रुपैयाँ आम्दानी गरेको छ ।

१ अर्ब ३७ करोड ४५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ३५ रुपैयाँ १३ पैसा रहेको छ । जगेडा कोषमा ९४ करोड ७ लाख रुपैयाँ सञ्चित रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ २६७.९७ रुपैयाँ छ । कम्पनीको बीमा कोषमा १ अर्ब १७ करोड रुपैयाँ सञ्चित छ ।

गत आवको यसै अवधिसम्ममा इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ५ करोड रुपैयाँ हुँदा जगेडा कोषमा ६७ करोड ३१ लाख रुपैयाँ र बीमा कोषमा १ अर्ब ५ करोड रुपैयाँ सञ्चित थियो ।

कम्पनीले १ लाख ४६ हजार ६३७ बीमालेख जारी गरी कम्पनीले २ अर्ब ११ करोड ६९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । सो अवधिसम्ममा इन्स्योरेन्सको ३६ हजार १२१ बीमालेख नवीकरण गरिएको छ ।

पुस मसान्तसम्म कम्पनीले १ अर्ब ८५ लाख ७१ हजार रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । कम्पनीमा भुक्तानी हुन बाँकी दावी रकम १ अर्ब ७१ करोड ५ लाख २४ हजार रुपैयाँ छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।