प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

0
Shares

प्रभु इन्स्योरेन्स (PRIN) ले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कम्पनीको माघ २९ गते बसेको सञ्चालक समितिको ३८७ औँ बैठकले १० प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र कम्पनीको आगामी (२५ औं वार्षिक ) साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन् ।

अघिल्लो आव २०७५।७६ बाट कम्पनीले ५ प्रतिशत बोनस र ११.३२ प्रतिशत नगद गरी कुल १६.३२ प्रतिशत लाभांश वितरण गरेको थियो । समीक्षा अवधिमा लघुवित्तको ६ प्रतिशतले नगद लाभांश घटेको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।