महालक्ष्मी लाइफको साधरण सभा सम्पन्न, आईपीओ निष्काशन प्रस्ताव पारित

0
Shares

महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले सर्वसाधारणको लागि छुट्टाइएको ६० करोड रुपैयाँको आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले अध्यक्षद्धारा प्रस्तुत वार्षिक प्रतिवेदन सहित आ.व. २०७५/७६ को वासलात, नाफा नोक्सान हिसाब र अन्य वित्तीय विवरण पास गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले जानकारी दिए ।

सभामा संस्थापकहरुको तर्फबाट आगामी ४ वर्षका लागि मनोरञ्जन रमण शर्मा, उमेशलाल श्रेष्ठ, शुरेश सापकोटा, सम्झना अर्याल र विश्वचन्द घिमिरे निर्विरोध सञ्चालकमा निर्वाचित भएको कम्पनीले जानकारी दिएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।