गरिमा विकास बैंकका नवनिर्वाचित अध्यक्ष श्याम प्रसाद बस्यालद्धारा शपथ ग्रहण

0
Shares

गरिमा विकास बैंकको अध्यक्ष पदमा मनोनित भएका श्याम प्रसाद बस्यालले फाल्गुण ३ गते नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटीबाट पद तथा गोपिनियता शपथ लिएका छन्।

बैंकको ०७७ माघ ३० गते सम्पन्न १४ औं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनी समूह ‘क’ को तर्फबाट श्याम प्रसाद बस्याल, डा. आनन्द प्रसाद श्रेष्ठ र दिपेन्द्र श्रेष्ठ तथा सर्वसाधारण शेयरधनी समूह ‘ख’ को तर्फबाट विमल पाण्डे , संजिव ढकाल र सरस्वती पाठक संचालक पदमा निर्वाचित भएका थिए ।

गरिमा विकास बैंक लिमिटेड राष्ट्रियस्तरको विकास बैंक हो । काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल देशभर १०६ शाखा र ५१ वटा एटीएम संचालनमा छन ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।