राष्ट्रिय बीमा संस्थानको खुद बीमाशुल्क संकलन तथा नाफा दुवै घट्यो

0
Shares

सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले खुद बीमाशुल्क र खुद नाफा दुवै घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

संस्थानले गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ५ अर्ब ६९ करोड ३१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेकोमा चालु आवको दोस्रो त्रैमासमा ५ अर्ब ६८ करोड २५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । जुन गत आवको यसै अवधिको तुलनामा ०.१८ प्रतिशतले कम हो ।

पुस मसान्तसमा राष्ट्रिय बीमा संस्थानले २ करोड ६७ लाख ९४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन समीक्षा अवधिको तुलनामा २४.१९ प्रतिशतले घटेको हो । गत आवको यसै अवधिमा कम्पनीले ३ करोड ५३ लाख ४६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार भने २५ अर्ब ९६ करोड रुपैयाँबाट बढोत्तरी हुँदै ३१ अर्ब ७२ करोड पुगेको छ । चुक्ता पूँजी १८ करोड १० लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३१ करोड २६ लाख रुपैयाँ सञ्चित छ।

पुस मसान्तसमा कम्पनीले अभिकर्ता कमिशन वापत १४ करोड ४५ लाख रुपैयाँ खर्चेको छ । गत वर्षको यसै अवधिमा कम्पनीले अभिकर्ता कमिशन वापत ७ करोड ८५ लाख रुपैयाँ खर्चेको थियो । संस्थानले १ अर्ब ४४ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।