कोरोना बीमाको पूनर्बीमा विदेशी पूनर्बीमा कम्पनीमा

0
Shares

नेपाल पूनर्बीमा कम्पनीले कोरोना बीमाको पूनर्बीमा अन्तर्राष्ट्रिय पूनर्बीमा कम्पनी सँग गरेको छ ।

कम्पनीले भदौ २८ पछि जारी भएका कोरोना बीमालेखको पूनर्बीमा विदेशी पूनर्बीमा कम्पनीमा गरेको नेपाल पूनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर रायमाझीले बताए ।

बीमा समितिले कोरोना बीमाको मापदण्ड परिवर्तन गरेपछि जारी भएपछिका बीमालेखको पूनर्बीमा गर्ने सहमति गरिएको उनको भनाई छ।

बीमा समितिले कोरोना बीमालेख जारी गरेदेखि नै हामिले पूनर्बीमा कम्पनीको खोजि गरेका थियौँ सोही बमोजिम एक विदेशी पूनर्बीमा कम्पनीसँग सम्झौता भएको हो ।’ रायमाझिले बताए । उक्त कम्पनीसँग कोरोना बीमाको केही प्रतिशत पूनर्बीमा गरेको उनको भनाई छ ।

लामो समयको अभ्यासपछि पूनर्बीमा कम्पनीले कोरोना बीमालेखको पूनर्बीमा गर्ने कम्पनीसँग सम्झौता भएको कम्पनीको भनाई छ । नेपाल पूनर्बीमा कम्पनीले कोरोना बीमाको पूनर्बीमा गरिएको कम्पनीको नाम नखुलाउने सर्तमा सम्झौता भएको समेत जानकारी दिएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।