महिला लघुवित्तको आईपीओ शुक्रबार बिहान बाँडफाँड, १५ लाखले नपाउने

महिला लघुवित्तको आईपीओ शुक्रबार बिहान बाँडफाँड, १५ लाखले नपाउने

महिला लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयर (आईपीओ) फागुन १४ गते शुक्रबार बिहान बाँडफाँड हुने भएको छ ।

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले शुक्रबार बिहान ८ बजे हात्तिसार स्थित नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँड हुने जनाएको छ ।

लघुवित्तले माघ ३० गतेदेखि फागुन ५ गतेसम्म प्रतिशेयर मूल्य १०० रुपैयाँ अंकित दरका ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो । जसमध्ये ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर संस्थाका कर्मचारी तथा ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामुहिक लगानीकोषहरुका लागि छुट्याइएका थियो । बाँकी ३ लाख ७५ हजार कित्ता शेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।

  • साढे २ प्रतिशत आवेदकले मात्र आईपीओ पाउने

बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्टका अनुसार लघुवित्तको आईपीओमा उच्च आवेदन परेका कारण साढे २ प्रतिशत आवेदकले मात्र गोलाप्रथाबाट शेयर पाउने भएका छन् ।

बिक्री प्रबन्धकका अनुसार लघुवित्तको आईपीओमा कुल १५ लाख ४० हजार ३५ जनाले आवेदन दिएका छन् । जसमध्ये १५ लाख ३६ हजार ६८२ जनाको आवेदन सदर भएको छ भने ३ हजार ३५३ आवेदकको आवेदन रद्ध गरिएको छ ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार लघुवित्तको आईपीओ ३७ हजार ५०० जनाले गोलाप्रथाबाट १० कित्ताका दरले हात पार्नेछन् भने सदर आवेदकमध्ये १५ लाख २ हजार ५३५ जनाको हात खाली हुनेछ । जुन कुल आवेदकको साढे ९७ प्रतिशतभन्दा बढी हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: १२ फागुन २०७७, बुधबार १७ : २० बजे