ओरियण्टल इन्स्योरेन्सको खुद बीमा शुल्क र खुद नाफा दुवै घट्यो

0
Shares

ओरियण्टल इन्स्योरेन्सले चालु आवको दोस्रो त्रैमासको अवधिमा खुद बीमा शुल्क र खुद नाफा दुवै घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ७१ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २८ करोड २९ लाख रुपैयाँले कम हो ।

गत आर्थिक वर्षको यसै अवधिसम्ममा इन्स्योरेन्सले २९ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

पुस मसान्तसम्ममा इन्स्योरेन्सले ४० करोड १७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४६ करोड ७१ लख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो ।

इन्स्योरेन्सको जगेडा तथा कोष ४ करोड ३१ लाख रुपैयाँ ऋणात्मक छ । इन्स्योरेन्सको बीमा कोषमा ७९ करोड ५६ लाख रुपैयाँ सञ्चित छ ।

इन्स्योरेन्सले दोस्रो त्रैमासको अन्त्यसम्ममा १८ हजार ९० बीमालेख जारी गरी ५४ करोड ४३ लाख रुपैयाँ १६ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यस अवधिसम्ममा इन्स्योरेन्सको ४ हजार २९२ बीमालेख नविकरण भएका छन् ।

पुस मसान्तसम्ममा इन्स्योरेन्सले १ हजार १ दाबी बापत ३१ करोड ७२ लाख रुपैयाँ भुक्तानी गरेको छ । इन्स्योरेन्सले १ हजार ९ सय ६ बीमा दाबीबापत १ अर्ब ५ करोड ३८ लाख रुपैयाँ भुक्तानी बाँकी रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।