प्राइम बैंकद्धारा कन्या गुरुकुलमको भवन निर्माणका लागि ४ लाख सहयोग

0
Shares

प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देवघाटस्थित रामजानकी गार्गी कन्या गुरुकुलमलाई सहयोग गरेको छ ।

गुरुकुलमको योग, ध्यान एवं साधना गर्ने भवन निर्माण सम्पन्न गर्न चार लाख सहयोग गरेको हो । बैंकका भरतपुर शाखा प्रबन्धक पदमराज पौडेलले गुरुकुलमका कार्यवाहक अध्यक्ष शान्तप्रसाद पोख्ररेललाई सहयोग रकम हस्तान्तरण गरे ।

काठमाडौँको लाजिम्पाट निवासी बिमला मानन्धरले गुरुकुलमा छ क्विन्टल चामल, ६० किलो दाल र ३० लिटर तेल उपलब्ध गराउनु भएको अध्यक्ष पोख्रेलले जानकारी दिए ।

प्रबन्धक पौडेलका अनुसार बैंकले हरेक वर्ष सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक सङ्घ संस्थालाई सहयोग गर्दै आएको छ । गुरुकुलमको यो महत्वपूर्ण काममा बैंकले साथ दिएको उनले जानकारी दिए।

सो गुरुकुलममा हाल ६० जना बालिका रहेका छन् । उनीहरूलाई संस्कृत पढाइँदै आएको छ । संस्थाका सदस्य सिर्जना अर्यालले यो गुरुकुल नेपालकै नमूना भएको बताए । उनले भने, “छोरीलाई संरक्षणसहित यस ढङ्गले शिक्षा दिएको यो नमूना गुरुकुल हो ।”

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।