घुस लिएको आरोपमा सशस्त्र प्रहरी निरीक्षक सहित दुई पक्राउ

घुस लिएको आरोपमा सशस्त्र प्रहरी निरीक्षक सहित दुई पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार घुस लिएको आरोपमा प्रमुख सशस्त्र प्रहरी निरीक्षक र नायब निरीक्षकलाई पक्राउ गरेको छ ।

आयोगले सशस्त्र प्रहरी बल वेश क्याम्प रुपन्देहीका कार्यालयमा कार्यरत प्रमुख सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेल र सशस्त्र प्रहरी नायब निरीक्षक राजेश पासीलाई बिहीबार पक्राउ गरेको जनाएको छ ।

आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले रुपन्देहीको गैडहवा ३ लोण्डिहवा स्थित एस.एन. सव इन्टरप्राइजेज प्रा.लि. अगाडिबाट ५० हजार घुस लिइसकेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको आयोगले जनाएको हो ।

काष्ठ फर्निचर उद्योग सञ्चालनमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस रकम माग गरेको सूचनाका आधारमा अनुसन्धानमा खटिएको टोलीले पक्राउ गरेको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: १३ फागुन २०७७, बिहीबार १६ : ५१ बजे