महिला लघुवित्तको आईपीओ बाँडफाँड हुँदै, ३७ हजार ५०० भाग्यमानीले पाउने

महिला लघुवित्तको आईपीओ बाँडफाँड हुँदै, ३७ हजार ५०० भाग्यमानीले पाउने

महिला लघुवित्त वित्तीय संस्थाको प्राथमिक शेयर (आईपीओ) शुक्रबार बाँडफाँड हुँदैछ। उक्त आईपीओ साढे २ प्रतिशत आवेदकले मात्रै पाने भएका छन्।

सीमित संख्यामा निष्काशन भएको आईपीओमा उच्च आवेदनका कारण 'हात्तिको मुखमा जिरा' भन्ने उखान जस्तै हुने भएको हो । लघुवित्तको आईपीओमा आवेदन गरेका ३७ हजार ५०० जनाले मात्र धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ अनुसार हात पार्नेछन् ।

लघुवित्तले माघ ३० गतेदेखि फागुन ५ गतेसम्म सर्वसाधारणका लागि साधारण शेयर ९आईपीओ० निष्काशन गरेकोमा फागुन १४ गते शुक्रबार बिहान बाँडफाँड हुन लागेको हो ।

बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्टका अनुसार लघुवित्तको आईपीओमा उच्च आवेदन परेका कारण साढे २ प्रतिशत आवेदकले मात्र गोलाप्रथाबाट शेयर पाउने भएका छन् ।

बिक्री प्रबन्धकका अनुसार लघुवित्तको आईपीओमा कुल १५ लाख ४० हजार ३५ जनाले आवेदन दिएका छन् । जसमध्ये १५ लाख ३६ हजार ६८२ जनाको आवेदन सदर भएको छ भने ३ हजार ३५३ आवेदकको आवेदन रद्ध गरिएको छ ।

लघुवित्तको आईपीओ सदर आवेदकमध्ये १५ लाख २ हजार ५३५ जनाको हात खाली हुनेछ । जुन कुल आवेदकको साढे ९७ प्रतिशतभन्दा बढी हो ।

लघुवित्तले प्रतिशेयर मूल्य १०० रुपैयाँ अंकित दरका ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो । जसमध्ये ०।५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर संस्थाका कर्मचारी तथा ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामुहिक लगानीकोषहरुका लागि छुट्याइएका थियो । बाँकी ३ लाख ७५ हजार कित्ता शेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले शुक्रबार बिहान ८ बजे हात्तिसार स्थित नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँड हुने जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: १४ फागुन २०७७, शुक्रबार ०७ : १४ बजे