प्रभु क्यापिटलले ‘ट्रिपल नाइन, ट्रिपल बेनिफिट’ नामक नयाँ डिम्याट खाता योजना सार्वजनिक गरेको छ । क्यापिटलका अनुसार यस योजनामा सहभागिता जनाउने ग्राहकले एकमुष्ट ९९९ रुपैयाँ तिर्नुपर्नेछ ।
योजना अन्तर्गत ग्राहकले मेरोशेयर निशुल्क रुपमा पाउने छन् भने डिम्याट खाताको नवीकरण शुल्क ९ वर्षसम्म तिर्नु नपर्ने जनाएको छ ।
यो योजना अन्तर्गत खुला भएको डिम्याट खाता ८ वषसम्म आफैँ नवीकरण हुने र लगानी व्यवस्थापन (पीएमएस) सेवामा ५० प्रतिशत छुट दिइने क्यापिटलले जनाएको छ ।
यसअघि निशुल्क डिम्याट योजना मार्फत धेरैभन्दा धेरै लगानीकर्तालाई पूँजी बजारमा भित्र्याएको क्यापिटलले हाल ९ वर्षसम्म नवीकरण गर्नु नपर्ने डिम्याट योजना सञ्चालनमा ल्याएको हो ।
नयाँ योजनामा अन्तर्गत नयाँ खाता खोल्ने ग्राहकहरु मात्र नभई विद्यमान (नविकरण गर्ने ) ग्राहकहरु समेत संलग्न हुन सक्नेछन् ।
नेपाली पूँजी बजारमा चिरपरिचित प्रभु क्यापिटल लिमिटेडले डिम्याट सेवामा फरक ढंगबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
यसै परिप्रेक्ष्यमा ग्राहकहरुलाई डिम्याट सेवा अन्तरगत अहिले सम्मकै फरक अनुभूति हुने, सहज तथा सुलभ ढंगबाट निरन्तर शेयर कारोबार सञ्चालन गर्न सकिने नयाँ डिम्याट योजना ल्याएको क्यापिटलले जनाएको छ ।
प्रभु क्यापिटलले नियमित कार्यालय समय तथा 8 TO 8 (बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म) अन्तरगत सञ्चालित समयका साथै प्रभु बैंकको नेपालभरी रहेको शाखाबाट यो योजना अन्तर्गत डिम्याट खाता खोल्न सक्नेछन् । यसका साथै प्रभु क्यापिटलको अनलाइन डिम्याट एप्लिकेसन बाट समेत डिम्याट खाताको आवेदन दिन सकिने क्यापिटलले जनाएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।
प्रतिक्रिया