नेपाल हाइड्रो डेभलोपरको आकर्षक लाभांश घोषणा

0
Shares

नेपाल हाइड्रो डेभलोपर लिमिटेडले (NHDL) ले गत आर्थिक वर्ष २०७६/७७ सम्मको सञ्चित नाफाबाट शेयरधनीलाई आकर्षक लाभांश घोषणा गरेको छ ।

कम्पनीको फागुन २० गते ४ बजे सम्पन्न सञ्चालक समितिको ६० औं बैठकले चुक्ता पूँजीको १५ प्रतिशत बोनस र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले यसअघि आव २०७४/७५ बाट ४ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेर बुकक्लोेज समेत नभएकाले उक्त बोनस शेयर समेत हालको १५ प्रतिशत बोनसमा समावेश गरिएको कम्पनीका सचिव रमाकान्तमणि नेपालले जानकारी दिए । कम्पनीले आव २०७५/७६ बाट पनि लाभांश वितरण गरेको थिएन ।

प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीले पाउनेछन् ।

 

 

हाल कम्पनीको चुक्ता पूँजी २६ करोड रुपैयाँ रहेको छ । ३ करोड ३९ लाख रुपैयाँ बराबरको बोनस वितरणपछि कम्पनीको चुक्ता पूँजी २९ करोड ९० लाख रुपैयाँ पुग्नेछ ।

नेपाल हाइड्रो डेभलोपरले चैत १७ गते मंगलबार एकैदिन तीन आर्थिक वर्षको साधारण सभा बोलाएको छ । साधारण सभाका लागि कम्पनीले चैत ३ गतेदेखि बुकक्लोज गर्ने भएको छ । यसअनुसौत २ गते सोमबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहने लगानीकर्ताले लाभांश पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।