एमभी दुगडद्धारा अप्रिलिया एसएक्सआर १६० नेपालमा बिक्री सुरु

0
Shares

पियोजियो र एम भि दुगड ग्रुपले आजबाट नेपालमा अप्रिलिया १६० सुरु गरेका छन्। अप्रिलिया नयाँ डिजाइन भाषा अन्तर्गत डिजाइन गरिएको पहिलो स्कुटर हो ।

बहुप्रतिक्षित प्रीमियम स्कूटर नेपालको सबै डीलरशिपमा ४ लाख ९ हजार ९ सय रुपैयाँको आकर्षक प्रारम्भीक मूल्यमा उपलब्ध रहेको छ।

कार्यक्रम पियाजियो इंडियाका अध्यक्ष र प्रबन्ध निर्देशक मोतिलाल दुगड, उपाध्यक्ष विवेक दुगड, भाइस प्रसिडेन्ट विजय महोतोले उद्घाटन गरेका थिए ।

अप्रिलिया को सबैभन्दा नयाँ ग्लोबल डिजाइन भाषा समावेश गरेको छ र एकल सिलिन्डर ४ स्ट्रोक एयर कूल्डग ३ भल्भ ईन्जेक्सन, कम कार्वन इमिसन ईन्जिन टेक्नोलोजी लगाइएको छ ।

जसले ७ हजार १ सय आर पि एम मा ११ पीएसको पीक पावर उत्पादन गर्छ । उत्तम सवारी अनुभव र उच्च स्तरको आराम प्रदान गर्ने ठुलो, लामो, आरामदायी र एर्गोनोमिक सीटहरु रचना गरेका छन् ।

सक्कल बढी ज्यामितिय रुपरेखा र उच्च शिल्प कौैशलले अप्रिलिया को गतिशील प्रीमियम अपील प्रतिबिम्बित गर्दछ । स्कूटर १२ भोल्ट, ५.० ए एच एम एफ ब्याट्रीको साथ र ७ लिटर इन्धन क्षमताको साथ पाइने कम्पनीले जनाएको छ ।

उद्घाटन समारोको बारेमा टिप्पणी गर्दै पियाजिओ भारतका अध्यक्ष र प्रबन्ध निर्देशक डिएगो ग्राफीले भने, हामी सबै ग्राहकमहरुका लागि अप्रिलिया लाई धेरै अपेक्षीत प्रीमियम स्कुटरको रुपमा प्रस्तुत गर्न पाउँदा खुसी छौँ । उत्कृष्ट शैलि,उच्च पदर्शन र ठुलो विशेषताको प्रतिक विशेष गरि इटालिमा डिजायन गरिएको हो । ”
त्यस्तै कार्यक्रमा बोल्दै एम भी दुगड गु्रपका उपाध्यक्ष विवेक दुगडले भने, एम भी दुगड ग्रुप पियाजियो ग्रुपसंग साझेदारी गर्दै विश्वस्तरीय भेस्पा र अप्रिलियाका प्रीमीयम उत्पादनहरु बित्री वितरण गर्दै आइरहेका छौँ । ”

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।