नेपाल हाइड्रो डेभलोपरको साधारण सभा आह्वान, बोनस पाउन कहिलेसम्म बन्नुपर्छ शेयरधनी ?

0
Shares

नेपाल हाइड्रो डेभलोपर लिमिटेड (NHDL) ले चैत्र १७ गते मंगलबार एकैदिन तीन आर्थिक वर्षहरुको साधारण सभा आह्वान गरेको छ ।

फागुन २० गते सम्पन्न सञ्चालक समितिको बैठकले, कम्पनीको रजिष्टर्ड कार्यालय डिल्लिबजार, काठमाण्डौंमा दिउँसो ३ बजे १२ औं, १३ औं र १४ औं वार्षिक वार्षिक साधारण सभा बोलाएको हो ।

सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तावित चुक्ता पूँजी २६ करोड रुपैयाँको १५ प्रतिशत बोनस शेयर र बोनसको कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्ने छ ।

यसैगरी जारी तथा चुक्ता पूँजी वृद्धि र सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संसोधन, सञ्चालकको बैठक भत्ता निर्धारण र प्रबन्धपत्र तथा नियमावली संसोधन प्रस्तावमा नियमनकारी निकायबाट कुनै फेरवदल तथा परिमार्जन गर्न निर्देशन आएमा सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिनेछ ।

सभामा सञ्चालक समिति अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७४/७५, ७५/७६ र ७६/७७ को वार्षिक आर्थिक विवरणको सहितको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित तीन आवको वार्षिक वित्तीय विवरण (वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धीत अनुसूचीहरु) स्वीकृत गर्ने एजेण्डा छ ।

सभाले कम्पनीको रजिष्टर्ड कार्यालयको पत्रअनुसार आर्थिक वर्ष २०७५/७६ र ७६/७७ को लेखा परीक्षण गर्न नियुक्त लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिकको अनुमोदन गर्ने तथा आव २०७७/७८ का लागि लेखापरिक्षण गर्न लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण तथा स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदनको प्रस्ताव पनि साधारण सभामा रहेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।