नेपाल बङ्गलादेश बैंक लिमिटेड र हिमाल डेन्टल हस्पिटल बीच नेपाल बङ्गलादेश बैंक लिमिटेडका कर्मचारी, कर्मचारीका परिवार तथा सम्पूर्ण खातावालाहरुले हिमाल डेन्टल हस्पिटलमा छुट पाउने भएका छन् ।
डेन्टल हस्पिटलको काठमाडौं उपत्यकामा रहेका शाखाहरु तथा काठमाडौं बाहिरका शाखाहरुमा उपचार गराउँदा खर्च भएको रकमको २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने गरि सम्झौता भएको हो ।
उक्त सम्झौतामा नेपाल बङ्गलादेश बैंक लिमिटेडको तर्फबाट बैंकका सहायक महाप्रबन्धक सलोनिका सिंह तथा हिमाल डेन्टल हस्पिटलको तर्फबाट अध्यक्ष तथा प्रबन्ध निर्देशक डा. राजेन्द्र भट्टले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौताबाट नेपाल बङ्गलादेश बैंक लिमिटेडका कर्मचारी, कर्मचारीका परिवार तथा सम्पूर्ण खातावालाहरु लाभान्वित हुने विश्वास बैकले लिएको छ । हिमाल डेन्टल हस्पिटलको काठमाडौं उपत्यकामा ५ तथा उपत्यका बाहिर ८ वटा हस्पिटल रहेका छन् । उक्त सबै स्थानबाट छुट प्राप्त गर्न सकिने पनि बैंकले जनाएको छ ।
हाल नेपाल बङ्गलादेश बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८१ वटाएटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।
प्रतिक्रिया