सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घट्यो

0
Shares

साताको अन्तिम दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुन ६ सय रुपैयाँ र चाँदी १५ रुपैयाँले घटेको हो ।

महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ८६ हजार २ सय रुपैयाँ, तेजावी ८५ हजार ७५० रुपैयाँ र चाँदी १ हजार २७० रुपैयाँ तोकिएको छ ।

बिहीबार छापावाला सुन तोलाको ८६ हजार ८ सय रुपैयाँ, तेजावी ८६ हजार ३५० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य फागुन २६ गते बुधबार पनि सुनचाँदीको कारोबार आज अर्थात शुक्रबारकै मूल्यमा भएको महासंघले जनाएको छ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।