बैंक अफ काठमाण्डूको विशेष साधारण सभाबाट तीन संचालक चयन

0
Shares

बैंक अफ काठमाण्डूको चैत्र ३ गते मंगलबार विशेष सम्पन्न साधारण सभाले तीन संचालक चयन गरेको छ ।

बैंकको सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न विशेष साधारण सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट गोबिन्द प्रसाद शर्मा, मदन लाल जोशी र श्री अमृता उप्रेतीलाई सञ्चालक पदमा निर्बिरोध निर्वाचित गरेको हो।

बैंकले हाल ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।