आगामी आइतबार फोटनको नयाँ सोरुम सार्वजनिक हुँदै

0
Shares

नेपालका लागि फोटन मोटरको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि कमर्शियल भेहिकल प्रालिले ललितपुर, बालकुमारीमा आगामी आइतबार सोरुम स्थापना गर्ने भएको छ ।

चैत ८ गते सार्वजनिक गर्न लागिएको सोरुम आफ्नो विश्वस्तरीय अन्य सोरुम सरह हुने बताइएको छ । जसले कम्पनीका ग्राहकलाई आत्मविश्वास दिलाउनुका साथै उत्कृष्ट सेवा समेत प्रदान गर्नेछ ।

एमएडब्लु वृद्धिले तीन करोड रुपैयाँभन्दा लागनी गरेर २५ सय स्क्वायर फिटमा फैलिएको नयाँ ‘स्टेट–अफ–आर्ट’ सोरुम सञ्चालनमा ल्याउन लागेको हो । नेपालका चर्चित मिडिया पर्सनालिटी सुरज सिंह ठकुरीले सञ्चालन गर्ने ‘लन्च सेरेमोनी’ फोटन मोटर नेपालको फेसबुक, इन्टाग्राम र युट्युब च्यानलमा आइतबार दिउँसो १ बजे प्रत्यक्ष प्रसारण गरिने जनाइएको छ ।

नेपालमा फोटनको ‘ठूलो योजना’ अन्तर्गत एमएडब्लु वृद्धिले आफ्ना ग्राहकलाई सर्वोत्कृष्ट सेवा दिन यसअघि नै नेपालका विभिन्न १२ स्थानमा आधिकारिक सर्भिस सेन्टर स्थापना गर्नुका साथै थप अन्य स्थानमा सर्भिस तथा स्पेयर पार्ट सञ्जाल विस्तार गर्ने योजना बनाएको छ ।

फोटन चीनको नम्बर १. कमर्शियल भेहिकल ब्रान्ड हो जसले सन् २०२० मा विश्वभर ६ लाख ८० हजार युनिट सेल्स हासिल गरेको थियो जुन अघिल्लो वर्षको तुलनामा २६ प्रतिशत बढी हो । फोटनका उत्पादन विश्वका २७ वटा एसेम्बली प्लान्टमा उत्पादन भई एक सय १० देशमा उपलब्ध छन् । हाल एमएडब्लु वृद्धिले नेपालमा फोटनका पिकअप र भ्यान विक्रीवितरण गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।