हवाई यातायातको फ्यूल सरचार्ज ९० रुपैयाँसम्म बढ्यो


हवाई सेवा प्रदायक कम्पनीको छाता सङ्गठन वायुसेवा सञ्चालक संघ नेपालले हवाई इन्धनको मूल्य बढेको भन्दै फयूल सरचार्ज ७० रुपैयाँसम्म वृद्धि गरेको छ । संघले न्यूनतम ५ रुपैयाँ देखि ७० रुपैयाँसम्म फ्यूल चार्ज बढाएको हो ।

नेपाल आयल निगमले चैत ३ गतेदखि लागू हुने गरी हवाई इन्धनमा प्रतिलिटर दुई रुपैयाँ बढाउने निर्णय गरेको छ । हवाई इन्धनको मूल्य जे–जति घटबढ हुन्छ सोही अनुपातमा स्वचालित प्रणाली अनुसार मूल्य लागू गर्ने निर्णय भएको संघले जनाएको छ ।

निर्णयअनुसार संघमा आबद्ध वायु सेवा कम्पनीले चैत ७ गतेदेखि नयाँ इन्धन मूल्य लागू गर्नेछन् । सो विषयमा नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृतसमेत प्राप्त भई आएकाले हवाई इन्धनको मूल्य समायोजन गरिएको संघले जनाएको छ ।

हवाई इन्धनको मूल्य बढेकाले सबै गन्तब्यको उडानमा थोरै मात्रामा हवाई भाडादर वृद्धि गरिएको संघका प्रवक्ता योगराज कँडेल शर्माले बताए । उनका अनुसार हवाई इन्धनको मूल्य बढेअनुरुप सबैभन्दा लामो गन्तब्य अर्थात् काठमाडाँै–धनगढीका लागि ९० रुपैयाँ बढेको छ । काठमाडौँबाट सबैभन्दा नजिकको गन्तब्यमा न्यूनतम ५ रुपैयाँ वृद्धि गरिएको छ भने काठमाडौँबाट हुने पर्वतीय उडानमा ७० रुपैयाँ बढेको छ ।

 

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: ६ चैत २०७७, शुक्रबार  १४ : ५० बजे