अभिकर्ता लाइसेन्स सम्बन्धीको काम कम्प्युटीकृत गर्दै बीमा समिति

0
Shares

बीमा समितिले अभिकर्ताको लाइसेन्स वितरणको कामलाई झन्झटमुक्त बनाउने भएको छ । बीमा अभिकर्ताको लाइसेन्स सम्बन्धीको सबै काम कम्प्युटरबाट गर्ने गरि समितिले काम अघि बढाएको हो ।

समितिले बैशाखदेखि अभिकर्ताको लाइसेन्स निमार्णको सबै काम कम्प्युटरबाट हुने गरि सफ्टवेयर निमार्ण गरिसकेको जनाएको छ । सो सफ्ट्वेयरमार्फत एजेन्सी कार्ड निमार्णको काम सबै कम्प्युटरबाट हुने समितिको भनाई छ ।

हाल समितिले अभिकर्ताको लाइसेन्समा फोटो टाँस्ने, हस्ताक्षर गर्ने र छाप लगाउने काम समितिका कर्मचारी तथा बीमा कम्पनीका कर्मचारी समेत आवद्ध रहेर गर्ने गरेको छ ।

अहिले कसरी वितरण गरिन्छ अभिकर्ता कार्ड ?

अभिकर्ता बन्न इच्छुक व्यक्ति तथा तालिम लिएका व्यक्तिको विवरण सम्बन्धित कम्पनीले बीमा समितिमा पठाउँछन् । ती व्यक्तिहरुको विवरण आए पछि बीमा समितिका कर्मचारी तथा सम्बन्धित कम्पनीका कर्मचारी समेत आवद्ध रहेर अभिकर्ताको कार्ड निमार्ण कार्यमा लागि पर्छन् ।

जो मान्छेको एजेन्सी कार्ड हो उसको फोटो टाँस्ने, बीमा समितिको छाप लगाउने, हस्ताक्षर गर्ने लगायतका काम बीमा समितिका कर्मचारीले गर्छन् । यसरी काम गर्दा अधिकतम समय खर्च हुने तथा व्यक्तिले आफ्नो एजेन्सी कार्डका लागि लामो समय कुर्नुपर्छ ।

अब कसरी हुन्छ ?

सफ्टवेयर कार्यान्यनमा आए पछि समितिका कर्मचारी र सम्बन्धित कम्पनीका कर्मचारीले हातले गर्ने काम सबै कम्प्युटरले गर्छ । फोटो, हस्ताक्षर र समितिको छाप अटोमेटिक रुपमा कार्ड मै प्रिन्ट भएर आउँछ ।

कम्प्युटरबाटै सबै काम हुने भए पछि थोरै जनशक्ति र थोरै समयबाट पनि काम गर्न सकिने, कम्प्युटरबाट सबै काम हुँदा कर्मचारीलाई लोड कम हुने, समय बचत हुने र एजेन्सी कार्ड पनि चाडै आउने विश्वास समितिले लिएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।