सिद्धार्थ बैंकको इकम कार्ड प्रयोग गरी विदेशमा भुक्तानी गर्न सकिने

0
Shares

सिद्धार्थ बैंक लिमिटेडले सिद्धार्थ इकम कार्डको सुरुवात गरेको छ ।

बैंकले विदेशी मुद्राको भुक्तानी गर्न अझै सहज, आधुनिक र विश्वस्तरिय बनाउने उद्देश्यले चैत्र १३ गते देखि सिद्धार्थ इकम कार्ड संचालनमा ल्याएको जनाएको छ ।

अब सिद्धार्थ बैंकका ग्राहकहरुले नेपाली रुपैयाँलाई अमेरिकी डलर ५०० वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको सटही गरेर सिद्धार्थ बैंकको इकम कार्ड प्रयोग गरी नेपालबाटै विदेशमा भुक्तानी गर्न सक्नेछन ।

कार्ड जारी गर्दा प्रयोगकर्ताको ग्राहक पहिचान विवरण अद्यावधिक भएको तथा सम्बन्धित प्रयोगकर्ताले स्थायी लेखा नम्बर लिएको हुनुपर्नेछ र प्रयोगकर्ताले एकै पटक वा पटक–पटक गरी एक वर्षमा बढीमा अमेरिकी डलर ५०० वा सो बराबरको परिवत्र्य मुद्रा जम्मा गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकले ल्याएको यस सुविधाले ग्राहक महानुभावहरुलाई सहज सेवा उपलब्ध हुने, अन्तर्राष्ट्रिय किनमेल सेवा अझ बढि सुविधाजनक बनाउने र बैंकिङ्ग प्रणाली अझ बढि प्रभावकारी र ग्राहकमैत्री बनाउने छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।