नेपाल बङ्गलादेश बैंकद्वारा एनबि अनलाइन कार्ड शुरु

0
Shares

नेपाल बङ्गलादेश बैंकले नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको अन्तराष्ट्रिय प्रिपेड डलर कार्ड सम्बन्धी परिपत्र अनुसार एनबि अनलाइन कार्ड संचालनमा ल्याएको छ।

यस सुबिधा अन्तर्गत ग्राहकहरुले आफनो प्यान कार्डबाट खाता खोली अमेरिकन डलर पाँच सय बराबरको डलर कार्ड प्राप्त गर्न सक्नेछन् । उक्त कार्डबाट ग्राहकहरुले भारत बाहेकका मुलुकहरुबाट नेपालको प्रचलित कानूनले प्रतिबन्ध नलगाएका बिदेशी बस्तु तथा सेवा खरिद गर्दा भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ।

उच्च शिक्षा हासिल गर्न चाहने बिद्यार्थी बर्गका लागि बिदेशबाट मगाइने आइ ट्वान्टीको लागि पनि उक्त कार्डबाट भुक्तानी गर्न सक्ने जानकारी गराएको छ । साथै सामाजिक संजालमार्फत आफनो ब्यबसाय प्रर्वद्वनका लागि पनि उक्त कार्डबाट भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।

हालसम्म बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८२ वटा एटिएम बाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।