हुन्डाईको 'यो नयाँ वर्ष २०७८, हुन्डाई चढौं अघि बढौं' योजनामा छुटै छुट अफर

हुन्डाईको 'यो नयाँ वर्ष २०७८, हुन्डाई चढौं अघि बढौं' योजनामा छुटै छुट अफर

हुन्डाईकालागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले आफ्नो नयाँँ वर्ष योजना 'यो नयाँँ वर्ष २०७८, हुन्डाई चढौं अघि बढौं' सार्वजनिक गरेको छ ।

यो योजना अन्तर्गत हुन्डाईको कुनै पनि गाडीको खरिदमा आकर्षक छुट तथा विशेष सुविधाहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

यो योजना अन्तर्गत हरेक खरिदमा आकर्षक नगद छुट, स्क्रयाच कार्ड मार्फत २० हजार देखि ७८ हजार रुपैयाँ सम्मको अतिरिक्त छुट प्रदान गर्ने भएको छ । यस्तै १५ हजार बराबरको लोयल्टी बोनस, एक लाख सम्मको एकसचेन्ज बोनस तथा १ वर्षको बीमा सुबिधा प्राप्त गर्ने पनि कम्पनीले जनाएको छ ।

हुन्डाईले आफ्नो सम्पूर्ण गाडीहरुमा ६ वर्षको निःशुल्क सर्भिस तथा ३ वर्षको वारेन्टी सुविधा उपलब्ध गराउँदै आइरहेको छ । लक्ष्मी इन्टरकन्टीनेन्टलले नेपाल भरी १३ शोरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोवाईल उत्पादकमध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडांै ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ चैत २०७७, बिहीबार १३ : २९ बजे