बीमा समितिद्धारा वार्षिकोत्सव विशेषाङ्कका लागि लेख रचना माग

0
Shares

बीमा समितिले आफ्नो ५३ औँ वार्षिकोत्सवको अवसरमा प्रकाशन गर्न लागेको विशेषाङ्कका लागि लेख रचना पठाउन आग्रह गरेको छ ।

समितिले अर्थतन्त्र, वित्त, बैंक, पूँजी बजार, व्यवस्थापन लगायतका विषयमा लेख रचना पठाउन आग्रह गरेको हो । समितिले तोकेका यी विषयमा लेख रचना तयार गरी बैशाख ५ गतेसम्म उपलब्ध गराउन आग्रह गरेको छ ।

लेख रचना कम्तीमा १५ सय देखि ४ हजार शब्द सम्मको हुनु पर्ने समितिले जनाएको छ । छनौट भएका लेख रचनाको लागि पारिश्रमिकको समेत व्यवस्था गरिएको समितिद्धारा जारी सूचनामा उल्लेख छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।