कालोबजारी गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन

कालोबजारी गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन

राष्ट्रिय सभाको दीगो विकास तथा सुशासन समितिको शुक्रबारको बैठकले कृतिम अभाव सिर्जना गरी कालोबजारी गर्नेलाई कडा कारवाही गर्न निर्देशन दिएको छ ।

संसदीय समितिले पछिल्लो समय बजारमा कृतिम अभाव सिर्जना गरि कालोबजारी गर्ने क्रम बढेको भन्दै सरकार मातहतका सबै विभाग तथा निकायलाई कालोबजारी गर्ने र कृतिम अभाव सिर्जना गर्नेहरुलाई कारबाही गर्न निर्देशन दिएको हो ।

समितिले यसअघि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, औषधि व्यवस्था विभाग, भन्सार विभाग र आन्तरिक राजस्व विभागलाई बोलाएर छलफल गरेको थियो । छलफलपछि चारवटै विभागका महानिर्देशकहरुलाई बैठकमा बोलाई कारबाही गर्न निर्देशन दिएको हो ।

समितिले उपभोक्ता हकहित र बजार व्यवस्थापनमा सुशासनको अवस्था कायम गर्न समेत निर्देशन दिएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० चैत २०७७, शुक्रबार १७ : २७ बजे