सानिमा बैंकको केवाईसी अनलाइन माध्यमबाट अद्यावधिक गर्ने सुविधा

0
Shares


सानिमा बैंकले विद्युतीय माध्यमबाट आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्न सक्ने सुविधा संचालनमा ल्याएको छ ।

सानिमा बैंकको ग्राहकले बैंकको वेबसाइट www.sanimabank.com मा login गरी “Online KYC Update” मा क्लिक गरी विद्युतीय फारममा आवश्यक विवरण भरेर आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्न सक्ने बैंकले जनाएको छ ।

यद्यपी मोबाइल नम्बर परिवर्तन गर्न र ल्याप्चे सहितको विवरणको लागि भने सम्बन्धित ग्राहक महानुभावहरुले आपूmलाई पायक पर्नेे शाखामा सम्पर्क राख्नु पर्नेछ ।
बैंकमा उपस्थित नभई आफु अनुकूल स्थान र समयमा व्यक्तिगत विवरण छिटो, छरितो र सुरक्षित तरिकाले अद्यावधिक गर्न सकिने हुनाले यो सुविधाबाट धेरै भन्दा धेरै ग्राहक महानुभावहरु लाभान्वित हुने बैंकको विश्वास छ ।

सानिमा बैंकको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १७ विस्तारित काउन्टर र ९६ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।