मलेसिया स्थित मर्चेन्ट्रेड मनि ट्रान्सफरबाट आई पे-रेमिट मार्फत नेपाल पैसा पठाउँदा नि:शुल्क जीवन बीमा

0
Shares

आई पे रेमिटले मलेशिया स्थित मर्चेन्ट्रेड मनि ट्रान्सफर मार्फत पैसा पठाउँदा निशुल्क जिवन विमा योजना लागु गरेको छ । यस योजनामा मलेशीयामा रहेका सम्पूर्ण नेपालीहरुलाई समेटिने कम्पनीले छ ।

आई पे रेमिटले हाल विश्वभरी फैलिएको कोभिड १९ लाई मध्यनजर गर्दै Transfer Money & Get Protect Adding Value To Your Family Life. भन्ने मुल उद्देश्यका साथ यहि अप्रिल ९ बाट यो योजना लागु गरेको हो।

कम्पनीका अनुसार आई पे रेमिट मार्फत पैसा पठाउँदा निशुल्क जिवन विमा, जुनसुकै मृत्युमा मलेशियन रिङ्गेट ४ हजार र डेंगू लागि मृत्यु भएमा मलेशियन रिङ्गेट ८ हजार सम्म को भुक्तानी नेपालमा रहेको आफन्त ले प्राप्त गर्नेछन् । अप्रिल ९ बाट सुरु भएको यो योजना ६ महिना सम्म लागु रहने कम्पनीको भनाई छ ।

यस योजनामा सहभागी हुन मलेशिया स्थिित मर्चेन्ट्रेड मनि ट्रान्सफरको सेवा केन्द्र, ऐजेन्ट एम एम कार्ड तथा ई रेमिट बाट आई पे रेमिट मार्फत नेपाल पैसा पठाउँनु पर्नेछ । ग्राहकहरुले पैसा पठाइ सकेपछि प्राप्त भएको रसिद आफुसंग सुरक्षित राख्नुपर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले मलेशिया स्थिित बैदेशिक रोजगारीमा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा दुःखले कमाएको पैसा आफ्नो परिवारजनमा ढुक्कसँग नेपालमा पु¥याउदैँ आएको छ । आफु मात्र नभई आफ्नो घरपरिवारको भविष्य सुनिश्चितता को लागि चाहे सुख मा होस चाहे दुख मा आई पे रेमिट हरपल सेवामा रहने कम्पनीको प्रतिवद्धता छ ।

विगत लामो समय देखी रेमीट्यान्स क्षेत्रमा आफ्नै पहिचान बनाएको आई पे रेमिट प्रा.लि ले विश्वका विभिन्न मुलुकबाट रेमीट्यान्स कारोबार नेपालमा भित्राएको छ । जसले नेपाल भरि छरिएर रहेका १००० भन्दा बढी भुक्तानी केन्द्र बाट सेवा दिदै आईरहेको छ । ग्राहक वर्गको सुविधाको लागी नेपालमा रहेका जुनसुकै बैकं तथा वित्तिय संस्थामा रियल टाइम डिपोजिटको सुविधा पनि प्रदान गर्दै आईरहेको छ ।

नाफा कमाउनु मात्र आफ्नो व्यवसाय नभई ग्राहको चाहाना र आवश्यकता अनुसार सेवा प्रदान गर्ने कम्पनीको भनाई छ । लाखौ सन्तुष्ट ग्राहकलाई सेवा दिई सकेको आई पे रेमिटले थप ग्राहक वर्गलाई कसरी छिटो छरितो र सरल ढंगबाट आफ्नो घरपरिवार र आफन्तजन लाई दुःखले कमाएको धन पु¥याउन सकिन्छ भन्नेमा ध्यान केन्द्रित गरी रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।