ट्राफिक कारबाहीबाट उठ्ने राजश्वमा गिरावट

0
Shares

महानगरीय ट्राफिक प्रहरी महाशाखाले पछिल्लो ९ महिनामा साढे १५ करोड राजस्व संकलन गरेको छ । जबकी अघिल्लो आवको यसै अवधिमा २५ करोड बढी राजश्व उठाएको थियो ।

महाशाखाले ट्राफिक नियम उल्ङघन गरेवापत २०७७ श्रावण महिना देखि चैत्र सम्ममा २ लाख ४६ हजार ९२७ सवारी साधनलाई कारवाही गरेको जनाएको छ । कारबाहीमा परेका ती सवारीधनीहरुबाट २०७७ श्रावण देखि चैत्र महिना सम्म १५ करोड ८३ लाख ९३ हजार रुपैयाँ राजश्व संकलन भएको महाशाखाले जनाएको छ । जुन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा साढे नौ करोड कम हो ।

महाशाखाले उपलब्ध गराएको आ.व. २०७६/०७७ को श्रावण देखि चैत्र महिनासम्म ट्राफिक कारबाहीमा परेका ३ लाख ९७ हजार ५१० जनाबाट २५ करोड ३० लाख ६ हजार ५ सय राजस्व संकलन भएको थियो । गत आर्थिक वर्षको श्रावण देखि चैत्र महिना सम्मको तुलनामा १ लाख ५० हजार ५८३ जनाबाट ९ करोड ४६ लाख १४ हजार ५ सय रुपैयाँ कम राजस्व उठेको हो ।

सरकारले कोरोना नियन्त्रणका लागि अपनाएका उपायहरुका कारण सवारी साधन संचालनमा आएको कमी तथा मादक पदार्थ सेवन गरी सवारी चलाउनेहरुको उल्लेखीय घटेपछि ट्राफिक जरीवाना बापत संकलन हुने राजश्वमा पनि कमी आएको हो ।

महाशाखाका सूचना अधिकारी तथा एस पि श्याम कृष्ण अधिकारी भन्छन् “हामी यो वर्ष यति राजश्व उठाउँछौँ भनेर लागि परेका हुँदैनौ, यो हाम्रो बाध्यता हो । उपत्यका भित्र रहेका ललितपूर, भक्तपुर र काठमाण्डौमा सवारी सुरक्षित, मर्यादित र व्यवस्थीत होस, नियम कानुनको पालना गरुन र गल्ती नगरुन भन्ने हेतुले मात्र हामीले कारबाही स्वरुप राजस्व उठाएका हौँ”

उपत्यकामा दिन प्रतिदिन बढ्दै गएको जनसंख्या तथा सवारी चाप, सवारी व्यवस्थापनमा प्रविधिको अभाव, सिमित साँघुरा सडकहरू, सवारी नियम तथा ट्राफिक संकेत सम्बन्धी सडक प्रयोगकर्ताहरुमा रहेको ज्ञानको कमी र ज्ञान भएकाहरुबाट समेत ट्राफिक नियमको उलंघन गर्ने प्रवृतिका बढ्दो छ । यसै कारण पनि उपत्यकाको ट्राफिक व्यवस्थापन गर्ने कार्य जटिल एंव चुनौतिपुर्ण रहेको महाशाखाको भनाई छ ।

महाशाखामा होल्ड भएका दुइपाङ्ग्रे सवारी कति ?

महाशाखाले २०७६/०७७ र २ २०७७/०७८ मा ८६ वटा दुइपाङ्ग्रे सवारी साधारन होल्ड गरेको छ । जसमध्य ०७६ मा मादक पदार्थमा १०, कागजपत्र नभएको ८, लेन क्रस र अन्य ४ गरि जम्मा २७ वटा दुईपाङ्ग्रे होल्डमा बसेका थिए ।

त्यस्तै २०७७ मा ५९ वटा सवारी होल्डमा रहेका छन् । जसमध्ये सबैभन्दा धेरै मादक पदार्थ २१, कागजपत्र साथमा नभएका १५, लेन क्रस १५ र अन्य ८ रहेका छन् । धेरै समय सम्म रि न्यू नगरेका तथा विभिन्न कारणवस लिन नआएका सवारी कोही बुझ्न नआएपछि होल्डमा रहने गरेका महाशाखाले जानकारी दियो ।

एक दिनमा कति कारबाहिमा पर्छन ?

महाशाखाले उपलब्ध गराएको बैशाख ६ गतेको तथ्यांकलाई आधार मानेर हेर्दा ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार ३५२ जना चालकलाई सोमबार उपत्यकामा ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

जसमा सडक तथा फुटपाथमा पार्किङ गर्ने १६७ जना, ढोका खुल्लै राखेर सवारी चलाउने ११७ जना, जथाभावी यात्रु चढाउने र ओराल्ने ९८ जना, एकतर्फी सडकमा सो विपरित चलाउने ८० जना, अवस्था ठिक नभएका सवारी गुडाउँदै गरेका ८१ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ५८ जना, सवारी साधनको नम्बर प्लेट स्पष्ट नराख्ने ३४ जना र मदिरा पिएर सवारी साधन चलाउने १७ जना चालक रहेका छन्।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।