सुरक्षा अपनाई सेवा दिन बीमा समितिको निर्देशन, अनलाइन सेवा दिन आग्रह

सुरक्षा अपनाई सेवा दिन बीमा समितिको निर्देशन, अनलाइन सेवा दिन आग्रह

बीमा समितिले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण बढ्दै गईरहेको अवस्थालाई मध्यनजर गर्दै सुरक्षा अपनाई सेवालाई निरन्तरता दिन निर्देशन दिएको छ ।

समितिले सम्भावित संक्रमणबाट बच्नका लागि सुरक्षाका उपायहरु अवलम्वन गरी आफ्नो कारोबार सुचारु राख्न इजाजत पत्र सबै बीमा कम्पनीलाई निर्देशन दिएको हो । समितिले बिहीबार एक परिपत्र जारी गर्दै इजाजतपत्र बीमा कम्पनीलाई सेवा प्रवाह गर्दा सुरक्षाका उपायहरु अपनाई सेवा दिन निर्देशन दिएको हो ।

भौतिक दुरी कायम गरी भिडभाड नहुने गरी सेवाग्राहीलाई सेवा प्रवाह गर्ने वातावरण मिलाउन आग्रह गरेको छ । सेवाग्राहीको आवतजावत कम हुने गरी कम्पनीहरुले दिने सेवाहरुलाई यथासक्य विद्युतीय माध्यमका व्यवस्था मिलाउन भनेको छ ।

प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेववाग्राहीमा सम्भावित संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न माक्स, साबुन, पानी, सेनिटाइजरको अनिवार्य रुपमा व्यवस्था गर्ने, सेवाग्राहीले सेवा लिन आउँदा ज्वरो मापन गर्ने व्यवस्था मिलाउन भनेको छ ।

बीमकहरुबाट संचालन गरिने बैठक, अधिकर्ता तालिम, सेमिनार लगायतका कार्यक्रमहरु भैतिक दुरी कायम गरी अत्यावश्यक सम्पर्क गर्नु पर्ने अवस्था बाहेक अन्य समयमा विद्युतीय माध्इम÷भचुर्अल माध्यमबाट संचालन गर्ने गराउन आग्रह गरेको छ ।

कम्पनीमा कार्यरत कर्मचारीहरुलाई एक आपसमा सम्पर्क नहुने गरी संक्रमणको न्यूनीकरण उपाय अपनाउन समेत समितिले आग्रह गरेको छ । सेवाग्राहीलाई सेवा दिन कर्मचारीहरुको कार्य विभाजन गरी कार्यालय समयमा सकेसम्म कम कर्मचारीहरु एपस्थित गराई सेवा प्रदान गर्ने व्यवस्था मिलाउन आगैह गरेको छ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ बैशाख २०७८, बिहीबार १५ : ४५ बजे