युरोप पठाइदिन्छु भन्दै साढे १९ लाख ठगी गर्ने पक्राउ

युरोप पठाइदिन्छु भन्दै साढे १९ लाख ठगी गर्ने पक्राउ

नेपाल प्रहरीले युरोप पठाइदिन्छु भन्दै १९ लाख ४७ हजार रुपैयाँ ठगी गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६ नयाँ बजार बस्ने चितवन राप्ती नगरपालिका–३ घर भएका ३६ वर्षीय भरत प्रसाद राई रहेको प्रहरीले जनाएको छ ।

ग्रायान्डि ग्लोबल होलिडेज प्रालिका संचालक राईले युरोपका पोर्चुगल, लाटभिया लगायतका देशमा भिजिट भिषामा जानका लागि १० लाख रुपैयाँ लाग्छ भन्दै ६ जना व्यक्तिहरुसँग १९ लाख ४७ हजार रुपैयाँ उठाएर फरार भएका थिए ।

उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले बुधबार पक्राउ गरेको हो । राईलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ बैशाख २०७८, बिहीबार १७ : १५ बजे