प्रुडेन्सियल इन्स्योरेन्सले संस्थापक शेयरधनीको हिस्सा घटाउने

0
Shares

प्रुडेन्सियल इन्स्योरेन्स (PICL) ले संस्थापक शेयरधनीको हिस्सा ९ प्रतिशतले घटाउने भएको छ । कम्पनीको वैशाख ९ गते बसेको संचालक समितिको बैठकले हाल ६० प्रतिशत रहेको संस्थापको हिस्सा घटाएर ५१ प्रतिशतमा झार्ने निर्णय गरेको हो ।

कम्पनीले यसअघि नै हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र सो कर प्रयोजनार्थ ०.४२ प्रतिशत नगद लाभांश गरी कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरिसकेको छ । उक्त लाभांश पश्चात कायम हुने पूँजीमा संस्थापकको हिस्सा ५१ तथा साधारण शेयरधनीको हिस्सा ४९ प्रतिशत कायम गर्न लागिएको कम्पनीले जनाएको छ ।

अहिले कम्पनीमा ६० प्रतिशत हिस्सा संस्थापक तथा ४० प्रतिशत साधारण शेयरधनीको छ । शेयर संरचना परिमार्जन पश्चात साधारण शेयरधनीको हिस्सा ४९ प्रतिशत पुग्नेछ ।

चुक्ता पूँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार रुपैयाँ रहेको कम्पनीले ८ प्रतिशतले हुन आउने ८ करोड २१ लाख १४ हजार ५६० रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्न जेठ २ गते आइतबार साधारण सभा समेत राख्ने भएको छ । लाभांश तथा साधारण सभा प्रयोजनका लागि वैशाख १९ गतेदेखि बुक क्लोज गर्ने निर्णय पनि कम्पनीले गरेको छ ।

बोनस शेयर वितरणपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब १० करोड ८५ लाख ४६ हजार रुपैयाँ पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।