राष्ट्रिय वाणिज्य बैंकको ‘आरबिबि मोबाइल बैंकिङ्ग’ महामेलाका विजयी घोषणा

0
Shares

राष्ट्रिय वाणिज्य बैंकको रा.वा.बैंकको आरबिबि मोबाइल बैंकिङ्ग महामेलाका विजयी घोषणा गरिएको छ । बैंकले मोबाइल बैंकिङ्गको प्रवद्र्धनको लागि गत चैत ५ गतेदेखि २०७८ बैशाख ५ गते सम्म (एक महिना) एफवान सफ्टको सहकार्यमा महामेला संचालन गरेको थियो ।

उक्त अवधिको करिब ७३ हजार कारोबारबाट र्यान्डम्ली छनौट भएका नौ जना विजयीहरुको नाम बुधबार एक समारोहका बिच घोषणा गरिएको बैंकले जनाएको छ।

सो समारोहमा नयाँ मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरु मध्येबाट स्वर्णिम पौडेलले चार रात पाँच दिनको थाइलैण्ड भ्रमणको कपल टुर मेगा पुरस्कार प्याकेज पाएका छन्। यसैगरी तुलाराज बोहोरा, प्रविन वली, बालकृष्ण देवकोटा, सिद्धिलाल साह तेली, सृजना नेपाली, सक्षम अधिकारी, प्रेमबहादुर भण्डारी र नुरुलहोडा अन्सारीले सामसुङ्ग ग्यालेक्सी ब्राण्डको एक एक थान मोवाइल फोन सेट पुरस्कार प्राप्त गरेका छन् ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्नको लागि गत वर्षदेखि एफवान सफ्टको सहकार्यमा आरबिबि मोबाइल बैंकिङ्ग महामेला संचालन गरिरहेको छ । यसको लागि बैंकको मोवाइल बैंकिङ्गबाट ग्राहकहरुले कारोबार गर्नुपर्ने हुन्छ । रा.वा.बैंकसंग खाता खोली मोवाइल बैंकिङ्ग बाट डिजिटल कारोबार गर्दा छुट लगायत उपहार पाउने व्यवस्था गरिएको छ ।

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकारी अधिकृत देवेश प्रसाद लोहनी, डिजिटल बैंकिङ्ग विभागका विभागीय प्रमुख ऋषिराम ढकाल, एफवान सफ्टका यासमिन गौतम, अलिसा तन्डुकार लगायतको उपस्थिति रहेको थियो । हाल राष्ट्रिय वाणिज्य बैंकका १४ लाख भन्दा बढी मोबाइल बैंकिङ्गका ग्राहकहरु रहेका छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।