यूनाइटेड इन्स्योरेन्सको सीईओमा उपासना पौडेल नियुक्त, बीमा क्षेत्रकै पहिलो महिला प्रमुख कार्यकारी

0
Shares

३४ वर्षकी उपासना पौडेल नेपाली बीमा क्षेत्र कै प्रथम महिला सीईओ बन्न सफल भएकी छिन् ।

यूनाइटेड इन्स्योरेन्सको कम्पनी सञ्चालक समितिको बैठकले कम्पनीमा रिक्त रहेको प्रमुख कार्यकारी अधिकृतमा पौडेललाई नियुक्त गरेको कम्पनी सचिव अनिल गुराँगाईले जानकारी दिए ।

पौडेलललाई चार वर्षे कार्यकालका लागि सो पदमा नियुक्त गरिएको हो ।

विगत एक दशक भन्दा बढि कार्यानुभव भएको तथा छिमेकी मुलुक भारतको श्री दिल्ली विश्वविद्यालयको फ्याकल्टि अफ म्यानेजमेण्टबाट एमबिए सम्मको अध्ययन पुरा गरेकी उनले भारतमा नै बीमा व्यवसयाको क्षेत्रमा प्रवेश गरेकी हुन् । पौडेलको नियुक्तीसंगै थप उचाईमा पुग्ने कुरामा विश्वास कम्पनीले लिएको छ ।

युनाइटेड इन्स्योरेन्सले २०७५ सालदेखि सिइओ नियुक्त गर्न सकेको थिएन । तत्कालिन प्रमुख कार्यकारी अधिकृत शेखर बरालले राजिनामा दिए पछि कम्पनीको कायम मुकायम कार्यकारी अधिकृतमा रमेश कुमार भट्टराई नियुक्त भएका थिए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।