गुराँस लाइफको खुद बीमा शुल्क १२२% ले बढ्यो, खुद नाफा १० करोड

0
Shares

चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा गुँरास लाइफ इन्स्योरेन्सले खुद बीमा शुल्क १२२ प्रतिशतले बढाएको छ । कम्पनीले चैत मसान्तसम्ममा ३ अर्ब १ करोड ८८ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ ।

यो गत आवको यसै अवधिको तुलनामा १२२.७५ प्रतिशतले बढी हो । गत आवको यसै अवधिमा कम्पनीले १ अर्ब ३५ करोड ५१ लख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो ।

खुद बीमा शुल्कसँगै कम्पनीको खुद नाफामा समेत सुधार आएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्मा १०करोड ४२ लाख ९३ हजार रुपैयाँ कमाएको हो । यो गत आवको यसै अवधिको तुलनामा २४.५१ प्रतिशतले धेरै हो ।गत आवको यसै अवधिमा८ करोड ३७ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमालगानी, कर्जातथा अन्यबाट ६२ करोड ६४ लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले बीमा लेख धितोबाट ६१ करोड ३ लाख रुपैयाँ आम्दानी गरेको छ।

हाल चुक्तापूँजी एक अर्ब ९७ करोड ५५ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ७.०४ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १२९.३१ रुपैयाँ छ ।
इन्स्योरेन्सको जगेडा कोषमा ५२ करोड ३१लाख रुपैयाँ रहेको छ । जीवनबीमा कोषमा१० अर्ब ११ करोड रुपैयाँ रहेको छ ।

कम्पनीले ३ अर्ब ४ करोड ९२ लाख ५४ हजार कुलबीमाशुल्कआर्जन गरेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीले १२२.६८ प्रतिशत बढी कुलबीमाशुल्कआर्जन गरेको हो । गतवर्ष यस अवधिसम्म कम्पनीले१ अर्ब ३६ करोड ९३ लाख १५ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।