प्रभु इन्स्योरेन्सको खुद नाफा १५ करोड, बीमा शुल्क संकलनमा सामान्य सुधार

0
Shares

प्रभु इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४६ करोड १४ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ ।

गत आवको यसै अवधिको तुलनामा कम्पनीको खुद बीमाशुल्क संकलन रकम ६.३३ प्रतिशतले बढेको हो । गत आवको यसै अवधिमा कम्पनीले ४३ करोड ४० लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

चैत मसान्तसम्ममा कम्पनीले १५ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आवको यसै अवधिको तुलनामा ४.९५ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा इन्स्योरेन्सले १५ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चुक्ता पूँजी १ अर्ब ५ करोड रुपैयाँ रहेको इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी १५ रुपैयाँ छ ।

जगेडा कोषमा २८ करोड ९३ लाख १३ हजार रुपैयाँ सञ्चित रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ २१३ रुपैयाँ छ । कम्पनीको बीमा कोषमा ७८ करोड ८९ लाख रुपैयाँ र महाविपत्ती कोषमा ११ करोड ७ लाख १४ हजार रुपैयाँ सञ्चित छ ।

इन्स्योरेन्सले यस अवधिमा ७ हजार ६३० दाबी बापत २९ करोड ३९ लाख रुपैयाँ भुक्तानी गरेको छ भने १ हजार ९५९ वटा दाबी बापत १६ करोड ९२ लाख रुपैयाँ बराबर भुक्तानी गर्न बाँकी छ ।

यस अवधिमा कम्पनीले लगानी, कर्जा तथा अन्य आयबाट २ करोड ७७ लाख ८५ हजार र पुनर्बीमा कमिशनबाट ११ करोड ४६ लाख ३१ हजार रुपैयाँ आम्दानी गरेको छ ।

इन्स्योरेन्सले ८० लाख ४८७ बीमालेख जारी गरी १ अर्ब १५ करोड ७२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । १७ हजार ५५८ वटा बीमालेख नविकरण भएका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।