सनराइज ब्लूचिप फन्डको इकाई सूचीकृत, आइतबारदेखि कारोबार खुल्ने

सनराइज ब्लूचिप फन्डको इकाई सूचीकृत, आइतबारदेखि कारोबार खुल्ने

सनराइज ब्लूचिप फन्डको १२ करोड ५० लाख इकाई नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।

सनराइज क्यापिटलको व्यवस्थापनमा सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा आउने सामूहिक लगानी कोष योजना अन्तर्गतको इकाई बिहीबार नेप्सेमा सूचीकृत भएको हो ।

सनराइज क्यापिटलले प्रति इकाई मूल्य १० रुपैयाँमा गत चैत १ गतेदेखि ८ गतेसम्म १२ करोड ५० लाख इकाई सर्वसाधारणमा बिक्रीमा ल्याएको थियो । सोही फण्डको इकाई बिहीबार धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरी सूचीकृत भएको हो ।

बिहीबार सूचीकृत भएसँगै उक्त फण्डको इकाई धितोपत्रको दोस्रो बजारमा आइतबारदेखि खरीद बिक्रीमा आउनेछ ।

नेप्सेले उक्त फण्डको कारोबारका लागि एसबिसिएफ (SBCF) कारोबार संकेत  तोकेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

 

प्रकाशित मिति: १३ जेठ २०७८, बिहीबार १७ : १८ बजे