एनएलजी इन्स्योरेन्सले १० प्रतिशत बोनस शेयर दिने


एनएलजी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष अर्थात २०७६र७७ को नाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर दिने भएको छ । कम्पनीको सोमबार सम्पन्न सञ्चालक समितिको बैंठकले कर प्रयोजनका लागि ०.५२६३ प्रतिशतका दरले नगद लाभांश सहित १० प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनी सञ्चाल समितिले गरेको निर्णय बीमा समितिको स्वीकृतिपछि साधारणसभाल पातिरगरेपछि मात्र वितरण हुनेछ ।
हाल एक अर्ब ९ करोड ६३ लाख ७५ हजार ५ सय चुक्ता पुँजी रहेको छ । कम्पनीको उक्त चुक्ता पुँजीको १० प्रतिशतले १० करोड ९६ लाख ३७ हजार ५५० रुपैयाँले चुक्ता पुँजी बढ्नेछ ।

सो आवमा कम्पनीले २५ करोड ९४ लाख ७६ हजार रुपैयाँ खुद नाफा गरेको छ ।

 

 

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।