परिसंघ र चेम्बरको कोभिड फण्डमा केडिया अर्गनाइजेशनको ७ लाख सहयोग 

0
Shares

केडिया अर्गनाइजेशन अन्र्तगत पुष्पतारा केडिया सेवा फाउण्डेशनले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत नेपाल उधोग परिसंघद्धारा गठित कोभिड फण्डमा ५ लाख रुपैयाँ योगदान गरेको छ । 
 
फाउण्डेशनद्धारा सहयोग गरिएको सो रकमले अक्सिजन सिलिन्डर, मास्क, स्यानिटाइजर पि.पि.इ खरिद तथा व्यवस्थापनको लागि एक महत्वपुर्ण योगदान हुने बिश्वास लिएको छ ।
 
पुष्पतारा केडिया सेवा फाउण्डेशन स्वास्थ्य, शिक्षा, खेलकुदएवं साँस्कृतिक उत्थानको लागि कार्य गर्ने उद्धेश्यका साथ स्थापना गरिएको एवं गैर नाफामुलक सामाजिक संस्थाको रुपमा सक्रियताका साथ यस क्षेत्रमा कार्य गर्दै आइरहेको छन् ।
 
यसका साथसाथै पुष्पतारा केडिया सेवा फाउण्डेशनले आफनोे संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत नै नेपाल चेम्बर अफकमर्शको कोभिड फण्डमा समेत २ लाख रुपैयाँ प्रदान गरेको छ।
 
सो रकम समेत अक्सिजन सिलिन्डर, मास्क, स्यानिटाइजर पि.पि.इ खरिद तथा व्यवस्थापनक ानिम्ति सहयोगको एक कोषेढुङ्गा हुनेमा फाउण्डेशन विश्वस्त रहेको छ ।
 
कोभिड १९ को महामारीमा यस फाउण्डेशनद्धारा प्रदान गरिएको सो सहयोग रकम सम्बन्धित स्थानमा चाँडोभन्दा चाँडो पुगी आमजनतालाई राहतपुग्ने छ फाउण्डेशनद्धारा जारी बिज्ञप्तिमा भनिएको छ ।
 
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।