एनएमबि बैंकको साइकल र विद्युतीय सवारी कर्जा योजना सार्वजनिक 

0
Shares

एनएमबि बैंकले एनएमबि विद्युतीय सवारी साधन र साइकल कर्जा गरी छुट्टाछट्टै योजना सार्वजनिक गरेको छ।
बैंकले विश्व वातावरण दिवसको अवसरमा क्रेडिट कार्डहरू वा एनएमबि सुलभ किस्ता योजना अन्तर्गत असार मसान्तसम्ममा विद्युतीय सवारीको बुक वा खरीद गर्दा बेस रेटमै कर्जा प्रदान गर्नुको साथै ८० प्रतिशतसम्म फाइनान्सिङ, ७ वर्ष कर्जा अवधी, प्रशानिक शुल्कमा ०.२५ प्रतिशत छुटको अफर ल्याएको हो ।
 
साथै, बैंक र माउन्टेन बाईक विक्रेताहरूबीच जुन महिना भरी शून्य प्रतिशत इएमआईमा शून्य सदस्यता शुल्क र वार्षिक शुल्कमै साईकल बुक वा खरिद गर्न सकिने योजना पनि सार्वजनिक गरको छ ।
 
यस अन्तर्गत एनएमबिका ग्राहकहरूले एपिक माउन्टेन बाइक झम्सिखेल, ग्राभिटी नेपाल झम्सिखेल, हिमालयन सिङ्गल ट्रेक ठमेल, काडमाण्डौं बाइक स्टेशन पानीपोखरी, साईकल ल्याण्ड, काडमाण्डौंबाट माउन्टेन बाइकहरु ‘एनएमबि सुलभ किस्ता’ योजना अन्तर्गत २४ महिनासम्मको सरल किस्ताबन्दीमा खरिद गर्न सक्नेछन् । 
 
हालको परिस्थिति र सरकारले जारी गरेको सुरक्षाको मापदण्डसंगै अघि बढ्ने उद्देश्यकासाथ उक्त योजना अघि सारिएको बैंकले जनाएको छ।
 
?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।