चेम्बरको टेली मेडिसिन सेन्टरबाट दैनिक ३०० कोभिड तथा ननकोभिड बिरामी लाभान्वित

चेम्बरको टेली मेडिसिन सेन्टरबाट दैनिक ३०० कोभिड तथा ननकोभिड बिरामी लाभान्वित

नेपाल चेम्बर अफ कमर्स तथा नेपाल चिकित्सक संघबाट जेठ १६ देखि सुरु टेली मेडिसिन सेन्टरको परामर्श सेवाबाट दैनिक रुपमा ३०० जना सेवाग्राही लाभान्वित बनेका छन् ।

टेली मेडिसिन सेवाबाट स्वदेश तथा विदेशका गरी कोभिड तथा ननकोभिड बिरामीहरुले दैनिक रुपमा ३०० जनाले परामर्श सेवा प्राप्त गर्ने गरेको नेपाल चेम्वर अफ कमर्सले जनाएको छ ।

टेलिमेडिसिन सेन्टरको लागि नेपाल चेम्वर अफ कमर्सले मुख्य प्रायोजन गरेको छ । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले दैनिक रुपमा ३०० जनाले सेवा प्राप्त गरेको बताउँदै आगामी दिनमा अन्य बिरामीहरुले पनि यस सेवा बाट परामर्श प्राप्त गर्न सक्ने र अस्पतालमा जान असमर्थ बिरामीहरुले यस सेवाबाट लाभान्वित हुने बताए ।

हाल नयाँ भेरियण्टको कोभिड-१९ महामारीको संक्रमण तीव्र रुपमा बढि रहेको सन्दर्भमा उक्त संक्रमण रोकथाम तथा नियन्त्रणका लागि “सम्पूर्ण नेपालीको जीवन रक्षाको लागि हामी एक हौं” भन्ने अभियानमा साथ उक्त सेवा सुरु गरिएको थियो ।

यस केन्द्र सञ्चालनका लागि साल्ट टे«डिङ्ग कर्पोरेशन तथा ईश्वरलाल प्रतिष्ठानको पनि सह-प्रायोजन रहेको छ । यस केन्द्रबाट सेवा लिन इच्छुक व्यक्तीहरुले 'मेरो डक्टर' एप डाउनलोड गरी उक्त एपको प्रयोग सम्बन्धमा धधध।mभचयमयअतयच।अयmरजभउि मा गई आवश्यक जानकारी प्राप्त गर्ने व्यवस्था छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ जेठ २०७८, सोमबार १७ : १० बजे