चार लाख ३२ हजार नगद सहित ८ जुवाडे पक्राउ

चार लाख ३२ हजार नगद सहित ८ जुवाडे पक्राउ

नेपाल प्रहरीले ४ लाख ३२ हजार ६ सय रुपैयाँ नगद सहित ८ जना जुवाडेलाई पक्राउ गरेको छ ।

नवलपरासीको कावासोती नगरपालिका–२ लोकतन्त्र चोकस्थित रामजी पाण्डेको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँका २८ वर्षीय सागर कुँवर लगायत ८ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुका साथबाट नगद सहित र ४ बुक तास सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३१ जेठ २०७८, सोमबार १३ : ५० बजे