आइएमई लाइफको ६० करोडको आईपीओलाई ‘केयरएनपी ट्रिपल बि’ रेटिङ्ग

आइएमई लाइफको ६० करोडको आईपीओलाई ‘केयरएनपी ट्रिपल बि’ रेटिङ्ग

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई रेटिङ्ग एजेन्सी केयर नेपालले ‘केयरएनपी ट्रिपल बि’ रेटिङ्ग प्रदान गरेको हो ।
 
कम्पनीले सर्वसाधारणको लागि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता  प्राथमिक शेयर निष्काशन गर्नका लागि रेटिङ्ग गराएको हो । रेटिङ्ग एजेन्सीको रिपोर्ट प्राप्त भएपछि कम्पनीले प्राथमिक शेयर निष्काशनको प्रक्रिया अघि बढ्ने जनाएको छ ।
 
रेटिङ्ग एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङ्गले समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी जनाउँदछ । 
 
कम्पनीले हाल १२० ओटा शाखा कार्यालयबाट बिमीतहरुलाई सेवा प्रदानगर्दै आईरहेकोे छ । उक्त कम्पनीले चार वर्ष अगाडि जीवन बीमा व्यवसाय गर्नका लागि बीमा समितिबाट अनुमति पाएको थियो ।
 
हालकम्पनीको चुक्तापूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । प्राथमिक शेयर निष्काशन पछि कम्पनीको चुक्तापूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।
 
प्राथमिक शेयर निष्कासन पछि संस्थापक शेयरधनीहरुको हिस्सा ७० प्रतिशत र सर्वसाधारणको शेयर हिस्सा ३० प्रतिशत हुनेछ ।
 
कम्पनीमा ग्लोबल आइएमई बैक, आइएमई गु्रपलगायत ठूला व्यवसायिक समूहहरुको लगानी रहेको छ । 
 
?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
 

प्रकाशित मिति: ८ असार २०७८, मंगलबार ०६ : २४ बजे