एक अर्बको ‘आरविवि म्युचुअल फण्ड १’ को इकाई असार २३ गतेदेखि बिक्री खुल्ने

एक अर्बको ‘आरविवि म्युचुअल फण्ड १’ को इकाई असार २३ गतेदेखि बिक्री खुल्ने

आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले असार २३ गतेदेखि एक अर्ब रुपैयाँ बराबरको 'आरविवि म्युचुअल फण्ड १' को इकाई बिक्रीमा ल्याउने भएको छ ।

प्रतिइकाई दश रुपैयाँ अंकित दरमा फण्डको कुल १० करोड इकाई असार २३ गतेदेखि बिक्री गर्न लागिएको हो । आरविवि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हुने उक्त फण्डको इकाई असार २३ गतेदेखि बिक्रीमा आउनेछ ।

कूल इकाईमध्ये १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाईको १३ प्रतिशत कोष प्रवद्र्धक राष्ट्रिय वाणिज्य बैंक र २ प्रतिशत इकाई योजना व्यवस्थापक आरविवि मर्चेन्ट बैंकिङलाई सुरक्षित गरिएको छ । ८ करोड ५० लाख इकाई सर्वसाधारणको लागि बिक्रीमा आउने भएको छ ।

उक्त इकाईमा लगानीकर्ताले छिटोमा असार २७ गतेसम्म र छोटो अवधिमा सबै इकाई बिक्री नभएको खण्डमा ढिलोमा साउन ६ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त इकाईमा प्रतिइकाई १० रुपैयाँको दरले न्यूनतम १०० देखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिने व्यवस्था छ ।

इकाईमा खरीदका लागि मेरो शेयरको वेवसाइट तथा मोबाइल एप र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी(आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरु मार्फत आवेदन दिन सकिनेछ ।

आरबीबी मर्चेन्ट बैंकिङ्गको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो पहिलो म्युचुअल फण्ड हो । बन्दमुखी पूकृतिको यस फण्डको अवधि सात वर्षको रहेको छ ।

इकाईको बिक्री पबवन्धक आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले रहेको छ । आरबिबि मर्चेन्ट बैंकिङ्ग राष्ट्रिय वाणिज्य बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ असार २०७८, सोमबार ०९ : ५७ बजे