नेको इन्स्योरेन्सको लाभांश बारे लगानीकर्ताले गर्नुपर्नेछ आजै निर्णय !

0
Shares

नेको इन्स्योरेन्स कम्पनीले प्रस्तावित गरेको लाभांश लिने वा नलिने यस बारेमा शेयर लगानीकर्ताले निर्णय लिने अन्तिम दिन रहेको छ ।

कम्पनीले साधारणसभा प्रयोजनका लागि भोलि असार १८ गतेदेखि ३१ गतेसम्म बुक क्लोज गर्दैछ । त्यसकारण असार १७ गतेसम्म कायम शेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन् ।

कम्पनीको प्रस्तावित लाभांश पाउन शेयर नहुनेहरुले आजै किन्नुपर्नेछ भने लाभांश लिन अनिइच्छुक लगानीकर्ताले आजै शेयर बेचेर बाहिरीनुपर्नेछ ।

कम्पनीले आर्थिक वर्ष २०७६/२०७७ को मुनाफाबाट १५.५ प्रतिशत बोनश शेयर र करका लागि ०.८२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न असार ३१ गते २५ औं वार्षिक साधारणसभा डाकेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ३१ करोड रुपैयाँ छ । बोनस शेयर वितरण पछि चुक्ता पूँजी एक अर्ब ५२ करोड रुपैयाँ पुग्नेछ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।