किवानिज क्लबद्वारा बालबालिकाका लागि खाद्यान्न तथा स्वास्थ्य सामाग्री प्रदान

0
Shares

किवानिज क्लब अफ कान्तिपुर तथा किवानिज क्लब अफ नेपालय एवं बोधिसत्व फाउन्डेसनको सहकार्यमा चापागाउँ, ललितपुर स्थित स्पेसल एडुकेसन एण्ड रिह्याविटेसन सेन्टर एसइआरसीमा रहेका २५ जना बालबालिकाका लागि खाद्यान्न तथा स्वास्थ्य सामाग्री प्रदान गरिएको छ।

डिभिजन लिडर उत्तम सिलवालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमा दुबै क्लबका प्रेसिडेन्टद्वय राजन न्यौपाने एवं डा. अनुपमा श्रेष्ठ साथै बोधिसत्व फाउन्डेसनकी प्रतिनिधि सीता भण्डारीले संयुक्त रूपमा खाद्यान्न तथा स्वास्थ्य सामाग्री एसइआरसीकी अध्यक्ष गुनमाया गुरुङलाई हस्तान्तरण गरिन् ।

कार्यक्रममा २५ बोरा चामल, १२५ केजी दाल २५ केजी मसला, १२५ केजी गेडागुडी, ५० लिटर तेल, ३० क्रेट अण्डा, नुनलगायतका खाद्य सामाग्री प्रदान गरिएको थियो । कार्यक्रममा कोरोना संक्रमण नियन्त्रणका लागि अति आवश्यक सेनिटाइजर, मास्क तथा अन्य स्वास्थ्य सामाग्री समेत प्रदान गरिएको थियो ।

सुस्त मनस्थिति, अटिजम, डाउन सिन्ड्रम तथा शारीरिक अपागंता भएका बालबालिकाको पुनर्स्थापनको लागि काम गर्दै आइरहेको संस्था एसइआरसीमा हाल २५ जना बालबालिका बस्दै आएका र अन्य ९० जना बालबालिकालाई सेवा प्रदान गर्दै आईरहेको संस्थाकी अध्यक्ष गुरुङले जानकारी दिइन् ।

महामारीबीच यो सहयोगले ठूलो राहत पुगेको अध्यक्ष गुरूगंले बताइन् । सगयोगी संस्थालाई धन्यवाद दिँदै उनले कदर पत्र समेत हस्तान्त्रण गरिन् ।
कार्यक्रममा डिस्ट्रिकका कोषाध्यक्ष सन्तोष पोखरेल तथा पास्ट लेफ्टिनेन्ट गभर्नर मनिषा बिमलीको समेत उपस्थिति थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।