नेशनल माइक्रोफाइनान्सको ७६ हजार कित्ता शेयरको लिलामी खुल्यो

0
Shares

नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको ७६ हजार ५० कित्ता शेयर लिलामीमा आएको छ ।

कम्पनीले असार २८ गते सोमबारदेखि संस्थापक समूह तर्फको ७६ हजार ५० कित्ता शेयर बिक्रि खुला गरेको हो । उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ हजार २२ रुपैयाँमा तोकिएको छ ।

कम्पनीले लिलामीमा ल्याएको उक्त शेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले असार ३० गते बुधबारसम्म आवेदन दिन सक्नेछन् ।

बोलपत्र आवेदन फारारम १ सय रुपैयाँ भुक्तानी गरी बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ टेकु, काठमाडौँमा पुग्नेगरी आवेदन दिनु पर्नेछ । न्यूनतम १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

प्राप्त बोलपत्रहरु असार ३१ गते बिहान ११ः०० बजे आरविवि मर्चेन्ट बैंकिङ टेकु, काठमाडौँमा वा आवेदकको उपस्थितिमा खोलिने कम्पनीले जनाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।