झापा इनर्जीको साधारण सभा आह्वान, आईपीओ जारी गर्ने प्रस्ताव अनुमोदन हुने

झापा इनर्जीको साधारण सभा आह्वान, आईपीओ जारी गर्ने प्रस्ताव अनुमोदन हुने

झापा इनर्जी लिमिटेडले पुस १६ गते चौंथो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको मंसिर १८ गते बसेको बैठकले झापाको शिवसताक्षी–४ सालामारास्थित आयोजना स्थलमा बिहान १० बजे सभा डाकेको हो ।

चौथो वार्षिक साधारण सभाले आईपीओ जारी गर्ने प्रस्ताव अनुमोदन गर्ने तथा कम्पनीको जारी पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव उपर छलफल गरी पारित गर्नेछ ।

यस्तै सभाले आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन लगायतका महत्वपूर्ण दस्तावेजहरु छलफल गरी अनुमोदन गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ मंसिर २०७९, शुक्रबार ११ : ५१ बजे